दफा ४४२
भोगबन्धकीको सम्पत्ति भोगचलन गर्ने अवधि

(१) भोगबन्धकी लिएको सम्पत्ति दश वर्षभन्दा बढी अवधि भोगचलन गर्न सकिने छैन ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र भोगबन्धकीमा दिएको सम्पत्ति फिर्ता नलिएमा त्यस सम्बन्धी लिखत कपाली सरह हुनेछ ।